बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन २४ २०८२
झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

झापाका पाँचै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्।

झापा- बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाका पाँचै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्।

झापा-१ बाट रास्वपाकी निशा डाँगी ४५ हजार ६८० मतसहित निर्वाचित भएका छिन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गरेका छन्।

झापा-२ मा रास्वपाकी इन्दिरा रानामगर ६० हजार ११० मतसहित निर्वाचित भएका छिन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का देवराज घिमिरेले ११ हजार ३६८ मत प्राप्त गरेका छन्।

त्यसैगरी झापा‍-३ बाट रास्वपाका प्रकाश पाठक ३८ हजार ६७४ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देनले १७ हजार २९४ मत प्राप्त गरेका छन्।

झापा-४ मा रास्वपाका शम्भुप्रसाद ढकाल ४३ हजार ६३१ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का लालप्रसाद साँवा लिम्बूले ११ हजार ९१६ मत प्राप्त गरेका छन्।

त्यसैगरी झापा-५ बाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ६८ हजार ३४८ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


प्रकाशित : आइतबार, फागुन २४ २०८२०७:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend