शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

सल्यानमा नेकपाका मल्ल विजयी

आइतबार, फागुन २४ २०८२
सल्यानमा नेकपाका मल्ल विजयी

निर्वाचन आयोगका अनुसार मल्लले २३ हजार १८९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ललितबहादुर चन्दले २० हजार ९०४ र नेपाली कांग्रेसका केशबहादुर विष्टले १७ हजार ५५८ मत प्राप्त गरेका छन्।

काठमाडौं- प्रतिनिधिसभा सदस्यमा सल्यानबाट नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्ल विजयी भएका छन्।

निर्वाचन आयोगका अनुसार मल्लले २३ हजार १८९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ललितबहादुर चन्दले २० हजार ९०४ र नेपाली कांग्रेसका केशबहादुर विष्टले १७ हजार ५५८ मत प्राप्त गरेका छन्।

यस्तै, नेकपा (एमाले) का गुलावजङ्ग शाहले १५ हजार ३७३ मत प्राप्त गरेका छन्। जिल्लामा प्रमुख राजनीतिक दल र स्वतन्त्र गरी १४ उम्मेदवार प्रतिस्पर्धामा थिए। यहाँ कुल एक लाख ६२ हजार ४४४ मतदाता रहेका थिए।

प्रकाशित : आइतबार, फागुन २४ २०८२०७:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend