काठमाडौं- प्रतिनिधि सभा निर्वाचनमा सर्लाही-४ बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता गगन थापा पराजित भएका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेश सिंहले पराजित गरेका हुन्।
अन्तिम मतपरिणाम अनुसार सिंहले ३५ हजार ६ सय ८८ मत प्राप्त गर्दै विजयी भए भने थापाले २२ हजार ८ सय ३१ मत मात्रै ल्याउन सके। सिंहले थापालाई १२ हजार ८ सय ५७ मतान्तरले पराजित गरेका हुन्।
काठमाडौं-४ बाट लगातार निर्वाचन जित्दै आएका थापा पहिलो पटक मधेश झरेर सर्लाही-४ बाट चुनावी मैदानमा उत्रिएका थिए। तर, मतदाताको समर्थन प्राप्त गर्न नसक्दा उनी पराजित हुन पुगे।
यसअघि सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका सिंह यसपटक रास्वपाबाट उम्मेदवार बनेका थिए।
निर्वाचनमा तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार अमनिश कुमार यादव रहे। उनले ९ हजार ३ सय ४३ मत प्राप्त गरेका छन्।

