बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मोरङ-१ मा रास्वपाका न्यौपाने विजयी

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, फागुन २३ २०८२
मोरङ-१ मा रास्वपाका न्यौपाने विजयी

मोरङ-१ को निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार न्यौपाने २७ हजार ३६७ मत प्राप्त गरी विजयी भएका हुन्।

मोरङ- प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मोरङको निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार यज्ञमणि न्यौपाने विजयी भएका छन्।

मोरङ-१ को निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार न्यौपाने २७ हजार ३६७ मत प्राप्त गरी विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवार शान्ति पाख्रिन लामाले १७ हजार ५२२ मत प्राप्त गरिन्।

नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर फागोले ११ हजार ९८६, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार घनश्याम खतिवडाले नौ हजार ८२३ मत प्राप्त गरेका छन्। सो निर्वाचन क्षेत्रमा एक लाख २८ हजार ५४५ मतदाता रहेकामा ७७ हजा ५८५ मत खसेको थियो।


प्रकाशित : शनिबार, फागुन २३ २०८२२२:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend