बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कास्कीका ३ निर्वाचन क्षेत्रमा नेकपाले पायो जम्मा ५ हजार २ सय ११ मत, तीनै उम्मेदवारको जमानत जफत

शनिबार, फागुन २३ २०८२
कास्कीका ३ निर्वाचन क्षेत्रमा नेकपाले पायो जम्मा ५ हजार २ सय ११ मत, तीनै उम्मेदवारको जमानत जफत

सम्बन्धित निर्वाचन क्षेत्रमा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेपछि तीनै जना उम्मेदवारको जमानत जफत भएको हो।

काठमाडौं- गण्डकी प्रदेशअन्तर्गतको कास्की जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा नेकपाका उम्मेदवारले जमानतसमेत जोगाउन सकेनन्।

कास्कीका ३ वटा निर्वचान क्षेत्रमा नेकपाले जम्मा ५ हजार २ सय ११ मत पाएको छ।

कास्की-१ मा राजकाजी गुरुङले २४ सय ७९ मत ल्याएका छन् भने कास्की-२ मा हेमबहादुर थापा पराजुलीले १ हजार २ सय ७६ मत पाएका छन्।

यसैगरी कास्की-३ मा गोपाल गिरीले १ हजार ४ सय ५६ मत मात्रै पाएका छन्।

सम्बन्धित निर्वाचन क्षेत्रमा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेपछि तीनै जना उम्मेदवारको जमानत जफत भएको हो।

प्रकाशित : शनिबार, फागुन २३ २०८२१८:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend