काठमाडौं- उपत्यकाका ३ जिल्लाका १५ निर्वाचन क्षेत्रमा नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जित सुनिश्चित भइसकेको छ। १४ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ भने ललितपुर-२ को मात्रै अन्तिम नतिजा आउन बाँकी छ।
मतपरिणामअनुसार काठमाडौं उपत्यकाका १५ वटै क्षेत्रमा पुष्पकमल दाहाल 'प्रचण्ड' संयोजकत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवार रहेका १५ जनाकै जमानत जफत भएको छ।
नेकपाबाट भक्तपुर-१ मा हरिमान लबजु र २ मा रामप्रसाद सापकोटा उम्मेदवार थिए। यसैगरी ललितपुर १ मा सुनिल महर्जन, २ मा राजेन्द्र अमात्य र ३ मा राजकाजी महर्जन उम्मेदवार थिए।
यसैगरी काठमाडौं-१ मा मेनुमा भण्डारी, २ मा नितेश पौडेल, ३ मा निरज लामा, ४ मा इन्द्रकुमार भुसाल, ५ मा कल्पना शर्मा, ६ मा हेमलाल शर्मा, ७ मा वसन्तप्रसाद मानन्धर, ८ मा सुमन सायमी, ९ नम्बर राधाकृष्ण महर्जन र १० मा रूपमहर्जन श्रेष्ठ उम्मेदवार थिए।
यी सबै उम्मेदवारले कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएका हुन्।
