बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

जुम्लामा दोहोरिए राप्रपाका ज्ञानेन्द्र शाही

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, फागुन २३ २०८२
जुम्लामा दोहोरिए राप्रपाका ज्ञानेन्द्र शाही

निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले जम्मा ११ हजार ६ सय ३६ मत प्राप्त गर्दा शाहीले ३ हजार १ सय ८१ मतान्तरले भण्डारीलाई पछि पारे।

काठमाडौं- प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशभरका अधिकांश निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लहर चलिरहँदा जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाही निर्वाचित भएका छन्।

शाही १४ हजार ८ सय १६ मत प्राप्त गर्दै जुम्लाबाट दोस्रोपटक निर्वाचित भएका हुन् । २०७९ को निर्वाचनमा पनि उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए। 

उनका निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले जम्मा ११ हजार ६ सय ३६ मत प्राप्त गर्दा शाहीले ३ हजार १ सय ८१ मतान्तरले भण्डारीलाई पछि पारे। 

यसपटको निर्वाचनमा राप्रपाको यो पहिलो जित हो।


प्रकाशित : शनिबार, फागुन २३ २०८२१७:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend