शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेकोमा नेपाली नागरिक र सरकारलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

नयाँ सरकारसँग मिलेर काम गर्न आतुर

शनिबार, फागुन २३ २०८२
शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेकोमा नेपाली नागरिक र सरकारलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

यो ऐतिहासिक कोसेढुंगा नेपालको लोकतान्त्रिक यात्रामा एक गर्वको क्षण भएको मोदीको भनाइ छ।

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालले सफलतापूर्वक प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा बधाई दिएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत मोदीले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गरेकोमा नेपाली नागरिक र सरकारलाई बधाई दिएका हुन्। 

लोकतान्त्रिक यात्रामा यो निर्वाचन नेपालको ऐतिहासिक कोसेढुंगा भएको समेत मोदीले बताएका छन्। घनिष्ठ मित्र र छिमेकीका रूपमा, साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइ हासिल गर्न नेपालका जनता र नयाँ सरकारसँग मिलेर काम गर्न भारत आतुर रहेको समेत मोदीले लेखेका छन्। 

उनले भनेका छन्, 'म निर्वाचनको सफलतापूर्वक र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपालका जनता र सरकारलाई हार्दिक बधाई दिन्छु। नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले आफ्नो लोकतान्त्रिक अधिकारको यति जीवन्त रूपमा प्रयोग गरेको देख्दा अत्यन्तै खुसी लागेको छ।'

यो ऐतिहासिक कोसेढुंगा नेपालको लोकतान्त्रिक यात्रामा एक गर्वको क्षण भएको मोदीको भनाइ छ। 

'एक घनिष्ठ मित्र र छिमेकीका रूपमा, साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइ हासिल गर्न नेपालका जनता र नयाँ सरकारसँग मिलेर काम गर्न भारत आफ्नो प्रतिबद्धतामा अडिग छ,' मोदीले लेखेका छन्। 


प्रकाशित : शनिबार, फागुन २३ २०८२१७:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend