बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

गुल्मी-१ मा रास्वपाका सागर ढकाल निर्वाचित

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, फागुन २३ २०८२
गुल्मी-१ मा रास्वपाका सागर ढकाल निर्वाचित

प्रतिनिधिसभा निर्वाचनमा उनी पहिलोपटक निर्वाचित भएका हुन्। यसअघि २०७९ को निर्वाचनमा डडेलधुराबाट प्रतिस्पिर्धा गरेका उनले जित भने निकाल्न सकेका थिएनन्।

काठमाडौं- प्रतिनिधिसभा निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल निर्वाचित भएका छन्।

सार्वजनिक भएको अन्तिम मतरिणामअनुसार ढकालले ३० हजार ४ सय ४८ मत पाएका छन्। प्रतिनिधिसभा निर्वाचनमा उनी पहिलोपटक निर्वाचित भएका हुन्। यसअघि २०७९ को निर्वाचनमा डडेलधुराबाट प्रतिस्पिर्धा गरेका उनले जित भने निकाल्न सकेका थिएनन्।

गुल्मी-१ मा ढकालका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्र भण्डारीले १३ हजार ७ सय ३१ मत ल्याए भने नेकपा (एमाले) का प्रदीप ज्ञवालीले १५ हजार ३ सय २८ मत पाए। यस्तै नेकपाका सुदर्शन बरारलले १ हजार ९ सय ८० मत ल्याए।


प्रकाशित : शनिबार, फागुन २३ २०८२१५:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend