शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

चितवन-३ मा रास्वपाकी सोविता गौतम विजयी

शनिबार, फागुन २३ २०८२
चितवन-३ मा रास्वपाकी सोविता गौतम विजयी

उनले ५९ हजार २७७ मत प्राप्त गरेर निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ।

चितवन- प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सोविता गौतम विजयी भएकी छिन्। 

उनले ५९ हजार २७७ मत प्राप्त गरेर निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ। 

सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका रेनु दाहालले २० हजार ६१५,  नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले आठ हजार ३४४ र नेकपा (एमाले)का शंकरराज थपलियाले पाँच हजार चार मत प्राप्त गरेका छन्। 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक थापामगरले एक हजार २२६ मत प्राप्त गरेका हुन्। 

यस क्षेत्रमा कूल एक लाख ५५ हजार २१२ मतदाता रहेकामा एक लाख ३३ मत खसेको थियो। जसमध्ये तीन हजार ३७५ मत बदर भएको छ।


प्रकाशित : शनिबार, फागुन २३ २०८२१५:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend