शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

स्याङ्जा-१ मा रास्वपाका रेग्मी विजयी

शनिबार, फागुन २३ २०८२
स्याङ्जा-१ मा रास्वपाका रेग्मी विजयी

शनिबार बिहान सम्पन्न अन्तिम मतगणनाबाट रास्वपा उम्मेदवार रेग्मीले २९ हजार ७१ मत प्राप्त गरी विजयी भएका मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए।

वालिङ- स्याङ्जा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा धनञ्जय रेग्मी विजयी भएका छन्।

शनिबार बिहान सम्पन्न अन्तिम मतगणनाबाट रास्वपा उम्मेदवार रेग्मीले २९ हजार ७१ मत प्राप्त गरी विजयी भएका मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकाल १० हजार २१४ मतान्तरले पराजित भएका छन्। उनले १८ हजार ८५७ मत प्राप्त गरे। नेकपा (एमाले) का मीनप्रसाद गुरुङ तेस्रो भएका हुन्। उनले १६ हजार ८०४ मत प्राप्त गरेका छन्।

स्याङ्जा क्षेत्र नं १ मा ७० हजार ९४४ मत खसेको थियो। जसमध्ये ६८ हजार ३६ मत सदर हुँदा दुई हजार ९०८ मत बदर भएको थियो।


प्रकाशित : शनिबार, फागुन २३ २०८२१४:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend