शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

प्रतिनिधिसभा निर्वाचनमा पाँच स्थानमा महिला उम्मेदवार विजयी

शनिबार, फागुन २३ २०८२
प्रतिनिधिसभा निर्वाचनमा पाँच स्थानमा महिला उम्मेदवार विजयी

निर्वाचन आयोगका अनुसार काठमाडौं-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का रञ्जु न्यौपाने १५ हजार ४५५ मत प्राप्त गरी विजयी भएकी हुन्।

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा  हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन्।  

निर्वाचन आयोगका अनुसार काठमाडौं-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का रञ्जु न्यौपाने १५ हजार ४५५ मत प्राप्त गरी विजयी भएकी हुन्।

साथै मोरङ-६ मा रास्वपाका रुविना आर्चाय ५५ हजार ५१३ मत, कास्की-३ मा रास्वपाका बिना गुरुङ ३७ हजार ७५० मत र कैलाली-१ रास्वपाका कोमल ज्ञवाली १७ हजार ८२६ मत प्राप्त विजयी भएकी हुन्।

दैलेख निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार बासना थापाले १२ हजार ३७२ मतप्राप्त गरी विजयी भएकी हुन्।
 
जारी मतगणनामा रास्वपाकी सोविका गौतम (चितवन-३), डा तोसिमा कार्की (ललितपुर-३), इन्दिरा थापामगर (झापा-२), निशा डाँगी (झापा-१), नीतिमा भण्डारी (सर्लाही-१), आशिका तामाङ (धादिङ-१),पुष्पाकुमारी चौधरी (सप्तरी -१) र गौरी कुमारी (महोेत्तरी चार)मा अग्रस्थानमा छन्।
 
आयोगका अनुसार हालसम्म ४५ स्थानमा नतिजा सार्वजनिक भइसकेको छ। पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ कुल १६५ निर्वाचन क्षेत्रमध्ये हाल ११८ स्थानमा मतगणना जारी छ।


प्रकाशित : शनिबार, फागुन २३ २०८२१४:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend