काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्रीमा प्रस्तावित बालेन्द्र शाह (बालेन) ले झापा-५ मा निर्वाचन जित्ने निश्चित भएको छ।
झापा-५ मा गणना गर्न बाँकी मतभन्दा बढीको मतान्तरसहित नेकपा (एमाले) का अध्यक्ष ओलीभन्दा अघि भएपछि बालेनको जित निश्चित भएको हो।
पछिल्लो विवरणअनुसार ७५३७७ गणना गर्दा बालेन ४७७७९ भोटसहित आफ्नो अग्रता कायमै राखेका छन् ओलीको १२६९९ मत छ। दुई जनाबीचको मतान्तर ३५०८० छ। अब गन्न बाँकी ३०९९५ भोट छ ।
