बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पर्सा-२ मा कांग्रेसका पूर्वमन्त्री चौरसियालाई पराजित गर्दै रास्वपाका कानु विजयी

शनिबार, फागुन २३ २०८२
पर्सा-२ मा कांग्रेसका पूर्वमन्त्री चौरसियालाई पराजित गर्दै रास्वपाका कानु विजयी

कानुले चौरसियालाई १५ हजार १ सय ७० मतान्तरले पराजित गरेका हुन्।

काठमाडौं- पर्सा क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील साह कानु निर्वाचित भएका छन्। 

उनले  निकटतम प्रतिस्पर्धी पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार अजय चौरसियालाई फराकिलो मतान्तरले पछि पार्दै विजय हासिल गरेका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कानुले २५ हजार २ सय ५० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी चौरसियाले १० हजार ८० मत पाएका  छन्। कानुले चौरसियालाई १५ हजार १ सय ७० मतान्तरले पराजित गरेका हुन्।

उक्त क्षेत्रमा नेकपा (एमाले) की उम्मेदवार रिमा यादवले ९ हजार ८ सय ४४ मत प्राप्त गरिन्। 

यसअघि पर्सा क्षेत्र नम्बर-१ मा पनि  रास्वपाकै हरि पन्त विजयी भइसकेका छन्।

 


प्रकाशित : शनिबार, फागुन २३ २०८२१२:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend