बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

हारमा ‘ह्याट्रिक’पछि रवीन्द्र मिश्रले छाडे राजनीति

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, फागुन २३ २०८२
हारमा ‘ह्याट्रिक’पछि रवीन्द्र मिश्रले छाडे राजनीति

राजसंस्था पुनर्स्थापना तथा सुशासनलगायतका मुद्दाहरूमा भने आफ्नो अडान यथावत रहने उनले उल्लेख गरेका छन्।

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनमा लगातार तेस्रोपटक पनि पराजय बेहोरेपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दलीय राजनीति त्यागेको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत तत्कालका लागि दलीय राजनीतिबाट अलग भएको घोषणा गरेका हुन्।

राजसंस्था पुनर्स्थापनाको पक्षमा रहेको जनमतलाई संगठित र पुँजीकृत गर्न राप्रपा बारम्बार विफल भएको र यसका लागि पार्टीको वरिष्ठ उपाध्यक्षका हैसियतले आफू पनि जिम्मेवार रहेको जनाउँदै उनले आजैको मितिबाट लागू हुने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीहरूबाट राजीनामा दिएको बताएका छन्।

राजसंस्था पुनर्स्थापना तथा सुशासनलगायतका मुद्दाहरूमा भने आफ्नो अडान यथावत रहने उनले उल्लेख गरेका छन्। 

'राजसंस्था पुनर्स्थापना तथा सुशासन लगायतका मुद्दाहरूमा मेरा अडान यथावत रहनेछन् र तत्कालका लागि गैरदलीय (स्वतन्त्र) रूपमा म मेरा विचार र अडानहरू मुखरित गरिरहनेछु,' मिश्रले लेखेका छन्।

मिश्र प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं-३ मा लगातार तेस्रोपटक पराजित भएका छन्। यसपटकको निर्वाचनमा यहाँ रास्वपाकी उम्मेदवार रञ्जु दर्शना विजयी भएकी छिन्।


प्रकाशित : शनिबार, फागुन २३ २०८२१२:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend