कैलाली- कैलाली क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कोमल ज्ञवाली विजयी भएकी छिन्।
उनले १७ हजार ८ सय २६ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
नेपाली कांग्रेसका जनकराज चौधरीले १२ हजार ८ सय ६७ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका रामलाल डगोरा थारूले ८ हजार ३ सय ९२ मत प्राप्त गरेका छन्।
