काठमाडौं- मधेश प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको एकल लहर देखिएको छ। मतगणनाको पछिल्लो विवरणअनुसार मधेशका ३२ सिटमध्ये एक ठाउँमा गणना सुरु भएको छैन भने एक क्षेत्रमा कांग्रेसका उम्मेदवार अगाडि छन्।
बाँकी सबै क्षेत्रमा कि रास्वपाका उम्मेदवार विजयी भएका छन् भने कि अग्रस्थानमा छन्।
मधेशमा रास्वपाले एकल वर्चस्व कायम गरेको छ।

