काठमाडौं- भक्तपुर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रन्जित विजयी भएका छन्। मतगणनाको अन्तिम परिणाम अनुसार रन्जितले ३३ हजार ४३६ मत ल्याएर विजयी भएका हुन्।
भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टी अजय जस्तो मानिन्थ्यो। २०४८ पछिका प्रतिनिधिसभाको निर्वाचनमा सँधै निर्वाचित हुँदै आएको नेमकिपा यो पालि भने रास्वपासाग पराजित भएको छ।
नेमकिपाका प्रेम सुवालले २८ हजार १४७ मतमात्र ल्याउन सफल भए।
रास्वपाबाट निर्वाचित रन्जित व्यवसायी पृष्ठभूमिकै हुन्।

