शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

सिटिजन लाइफ र खल्तीबीच साझेदारी

images
शुक्रबार, चैत ४ २०७८
images
सिटिजन लाइफ र खल्तीबीच साझेदारी
images
images

काठमाडौं- सिटिजन लाइफ र खल्तीबीच अनलाइन पेमेन्ट सिस्टमका लागि सम्झौता भएको छ। ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत नेपालको अनलाईन पेमेन्ट सिस्टम खल्तीसँग साझेदारी गरेको छ। 

images
images
images

यस साझेदारीले बीमाशुल्क भुक्तानीका लागी सहज र सरल भएको र सिटिजन लाइफका उपभोक्ताहरुलाई थप नयाँ सुविधा प्रदान गरेको कम्पनीले जनाएको छ।

images
images

सिटिजन लाइफ इन्स्योरेन्सको ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत अनलाईन मार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि विगत वर्षहरु देखि र हालसालै अनलाईन बीमा दाबी सेवा सञ्चालनमा रहेको छ। 

images
images

कम्पनीले विभिन्न तालिमहरु डिजिटल माध्यमबाट संचालन गरिरहेको छ। ग्राहक तथा अभिकर्ताहरुलाई कार्यालय सम्म आउनु पर्ने अवस्थालाई सहज बनाई समयको बचत गराउन र ग्राहक सेवालाई विश्व स्तरिय बनाउदै जाने क्रममा ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत कम्पनीले जानकारी दिएको छ।


प्रकाशित : शुक्रबार, चैत ४ २०७८०७:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend