काठमाडौं- चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन्।
लामिछाने यो क्षेत्रबाट लगातार तेस्रोपटक विजयी भएका हुन्। लामिछानेले यसअघि २०७९ को निर्वाचन र २०८० को उपनिर्वाचनमा यही क्षेत्रबाट चुनाव जितेका थिए ।
उनले ५४ हजार ४ सय २ मत ल्याए।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मीना खरेलले १४ हजार ५ सय ६४ मत प्राप्त गरिन्। लामिछानेले खरेललाई ३९ हजार ४ सय ६८ मतले पछि पारेका छन्।
यस्तै नेकपा (एमाले) का अस्मिन घिमिरेले ६ हजार ९ सय ९२ मत र नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरुङले ४ हजार ९ सय ६९ मत ल्याए। यो क्षेत्रमा ८७ हजार २८ सदर र २ हजार ७९६ मत बदर भएको थियो।
