काठमाडौं- काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन्।
९ वटा क्षेत्रको नतिजा आइसकेको छ भने काठमाडौं-२ मा पनि रास्वपाका उम्मेदवार सुनिल केसी निर्वाचित हुने निश्चित भएको छ।
काठमाडौं-१ मा रञ्जु दर्शना न्यौपाने, काठमाडौं-२ मा सुनिल केसी, काठमाडौं-३ मा राजुनाथ पाण्डे, काठमाडौं-४ मा पुकार बम, काठमाडौं-५ मा सस्मित पोखरेल निर्वाचित भएका छन्।
यस्तै काठमाडौं-६ मा शिशिर खनाल, काठमाडौं-७ मा गणेश पराजुली, काठमाडौं-८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं-९ मा डीपी (डोलप्रसाद) अर्याल र काठमाडौं-१० मा प्रदीप विष्ट निर्वाचित भएका छन्।
