काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य निर्वाचित भएका छन्।
उनले १० हजार ६ सय ५६ मत प्राप्त गरे। उनको यो तेस्रो जित हो। उनी रसुवा जिल्लाबाट २०७४ र २०७९ मा पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वसन्त भट्टले ५ हजार ५ सय ७१ मत प्राप्त गरे।
रसुवामा ६०.६१ प्रतिशत अर्थात् २५ हजार १ सय ३६ मत खसेको थियो। जिल्ला निर्वाचन कार्यालयअनुसार एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा २५ हजार १ सय ३६ जनाले मतदान गरेका थिए।
रसुवा जिल्लामा कुल मतदाता ४१ हजार ४ सय ७१ जना छन्।
