बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

काठमाडौं-३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी, कुलमान घिसिङ पराजित

शुक्रबार, फागुन २२ २०८२
काठमाडौं-३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी, कुलमान घिसिङ पराजित

निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ११ हजार १ सय ७१ मत ल्याए।

काठमाडौं- प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं  क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन्।

१८ हजार ७ सय ५७ मत ल्याएर उनी निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ११ हजार १ सय ७१ मत ल्याए।

कांग्रेसका उम्मेदवार रमेश अर्यालले ६ हजार मत ल्याउँदा नेकपा (एमाले) का उम्मेदवार रामेश्वर फुयालले ३८१६ मत ल्याए ।

नेकपाका उम्मेदवार निरज लामाले ५१८ मत मात्रै पाए। 


प्रकाशित : शुक्रबार, फागुन २२ २०८२२२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend