काठमाडौं- प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी भएका छन्। २४ हजार ५ सय ९२ मत प्राप्त गरेर उनी निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले ३ हजार २ सय १७ मत मात्र पाएका छन्।
काठमाडौं-८ मा विराजभक्तको यो लगातार दोस्रो विजय हो। यसअघि २०७९ को निर्वाचनमा पनि उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए।
रास्वपाबाट यसअघि काठमाडौं-६ मा शिशिर खनाल र काठमाडौं-१ मा रास्वपाकी रञ्जु दर्शना न्यौपाने विजयी भइसकेका छन्।
