काठमाडौं- काठमाडौंको ६ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी भएका छन्।
खनाल २७ हजार ९१६ मत ल्याएर विजयी भएका हुन्। उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६६७ मत ल्याएका छन् भने एमालेका अमनकुमार मास्केले ४ हजार ५१८ मत ल्याएका छन्।
खनाल २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।
यसअघि काठमाडौं-१ मा रास्वपाकी रञ्जु दर्शना न्यौपाने विजयी भइसकेकी छिन्।

