शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

निर्वाचन मतगणना : ९६ स्थानमा रास्वपा अगाडि

शुक्रबार, फागुन २२ २०८२
निर्वाचन मतगणना : ९६ स्थानमा रास्वपा अगाडि

हालसम्म रास्वपाका रञ्जु दर्शना १५ हजार ४५५ मतसहित काठमाडौं क्षेत्र नं १ बाट र कांग्रेसका योगेश गौचन थकाली तीन हजार ३०७ मतसहित मुस्ताङबाट विजयी भएका छन्।

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार ९६ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ।

निर्वाचन आयोगका अनुसार गणना भइरहेका १३५ निर्वाचन क्षेत्रमा आज अपराह्न ५ बजेसम्म रास्वपाका उम्मेदवार ९६ स्थानमा, नेपाली कांग्रेसका उम्मेदवार ११ स्थानमा, नेकपा (एमाले) का उम्मेदवार १० स्थानमा र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार नौ स्थानमा अगाडि छन्।

त्यस्तै श्रम संस्कृति पार्टीका तीन तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, र स्वतन्त्र उम्मेदवार एक/एक स्थानमा अगाडि छन्।

हालसम्म रास्वपाका रञ्जु दर्शना १५ हजार ४५५ मतसहित काठमाडौं क्षेत्र नं १ बाट र कांग्रेसका योगेश गौचन थकाली तीन हजार ३०७ मतसहित मुस्ताङबाट विजयी भएका छन्।

प्रकाशित : शुक्रबार, फागुन २२ २०८२१७:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend