शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

महोत्तरीका चारै क्षेत्रमा रास्वपाको अग्रता

शुक्रबार, फागुन २२ २०८२
महोत्तरीका चारै क्षेत्रमा रास्वपाको अग्रता

यस्तै क्षेत्र नं २ मा रास्वपाका दीपककुमार साहले दुई हजार ९१९ र जनता समाजवादी पार्टीका शरतसिंह भण्डारीले ८५८ मत प्राप्त गरेका छन्।

महोत्तरी- प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरीका चारवटै क्षेत्रमा रास्वपाका उमेदवारले अग्रता लिएका छन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार आज दिउँसो ४ बजेसम्म क्षेत्र नं १ मा रास्वपाका प्रमोदकुमार महतोले १० हजार ९९३ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका गिरिराजमणि पोखरेलले तीन हजार ९२३ र नेकपा (एमाले) का लक्ष्मी महतो कोइरीले दुई हजार ८५६ मत प्राप्त गरेका छन्।

यस्तै क्षेत्र नं २ मा रास्वपाका दीपककुमार साहले दुई हजार ९१९ र जनता समाजवादी पार्टीका शरतसिंह भण्डारीले ८५८ मत प्राप्त गरेका छन्। क्षेत्र नं ३ मा रास्वपाका उज्ज्वल झाले ५७१ र स्वतन्त्र उमेद्ववार रामआधार कापरले ११४ मत प्राप्त गरेका हुन्। 

क्षेत्र नं ४ मा रास्वपाका गौरीकुमारीले ६५१ र जनता समाजवादी पार्टीका डा सुरेन्द्रकुमार यादवले २६९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले जानकारी दिए। रासस


प्रकाशित : शुक्रबार, फागुन २२ २०८२१७:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend