शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

कञ्चनपुरका तीनवटै क्षेत्रमा रास्वपाको अग्रता

शुक्रबार, फागुन २२ २०८२
कञ्चनपुरका तीनवटै क्षेत्रमा रास्वपाको अग्रता

नेपाली कांग्रेसका उम्मेदवार नारायण प्रकाश साउँदले एक हजार ५२५ मत ल्याएका छन्। कञ्चनपुर–२ मा ६४ हजार ८८१ मत खसेको थियो।

महेन्द्रनगर- प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगाण्नाका क्रममा कञ्चनपुरको तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायम राखेका छन्।

कञ्चनपुर निर्वाचन क्षेत्र नं १ मा ६ हजार २४ मत गणना हुँदा रास्वपाका उम्मेदवार जनकसिंह धामी एक हजार ८३० मतसहित अग्रस्थानमा  छन्। 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा (एमाले) का उम्मेदवार तारा लामा तामाङले एक हजार ५१९ मत प्राप्त गरेका छन्। यहाँ कुल ६१ हजार ७४ मत खसेको थियो।

त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराको अग्रता कायमै छ। उनले चार हजार २६८ मत पाएका छन्। यस्तै नेपाली कांग्रेसका उम्मेदवार नारायण प्रकाश साउँदले एक हजार ५२५ मत ल्याएका छन्। कञ्चनपुर–२ मा ६४ हजार ८८१ मत खसेको थियो।

यस्तै कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्रसिंह महता एक हजार २०४ मतसहित अग्रस्थानमा छन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार हरिप्रसाद बोहराले ४४८ मत ल्याएका छन्। सो क्षेत्रमा कुल ५८ हजार ३६१ मत खसेको थियो। रासस


प्रकाशित : शुक्रबार, फागुन २२ २०८२१४:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend