शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

दाङका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपा अगाडि

शुक्रबार, फागुन २२ २०८२
दाङका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपा अगाडि

यहाँ नेपाली कांग्रेसका योगेन्द्र चौधरीले दुई हजार २२९, नेकपा (एमाले) का रेवतीरमण शर्माले ७८९ र नेपाली कम्युनिष्ट पार्टीका मेटमणि चौधरीले ८४६ मत प्राप्त गरेका छन्।

देउखुरी- प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता रहेको छ। निर्वाचन क्षेत्र नं १ मा १२ हजार ४०७ मतगणना गर्दा रास्वपाका देवराज पाठक सात हजार ३७० मत प्राप्त गरेका छन्।

यहाँ नेपाली कांग्रेसका योगेन्द्र चौधरीले दुई हजार २२९, नेकपा (एमाले) का रेवतीरमण शर्माले ७८९ र नेपाली कम्युनिष्ट पार्टीका मेटमणि चौधरीले ८४६ मत प्राप्त गरेका छन्। 

यसैगरी क्षेत्र नं २ मा तीन हजार ९१५ मतगणना हुँदा रास्वपाका विपिनकुमार आचार्यले दुई हजार ४२९ मत प्राप्त गरेका हुन्। यहाँ नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले ३८७, नेकपा (एमाले) का शंकर पोखरेलले ५३८ र नेपाली कम्युनिष्ट पार्टीका निर्मल आचार्यले २१३ मत प्राप्त गरेका छन्। 

यसैगरी दाङ निर्वाचन क्षेत्र नं ३ मा तीन हजार ८४ मतगणना हुँदा रास्वपाका कमल सुवेदीले एक हजार ५४० मत प्राप्त गरेका छन्।

यहाँ नेपाली कांग्रेसका दिपक गिरीले ८८१, एमालेका घनश्याम पाण्डेयले ३८५ र नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्कीले ११९ मत प्राप्त गरे‍को प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए। रासस


प्रकाशित : शुक्रबार, फागुन २२ २०८२१४:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend