काठमाडौं- प्रतिनिधिसभाको निर्वाचनअन्तर्गत भएको मतगणनामा हालसम्म २ क्षेत्रको परिणाम आएको छ।
काठमाडौं-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी र मुस्ताङमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
यसबाहेक अहिले ९२ क्षेत्रमा मतगणना जारी छ। जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ७० ठाउँमा अगाडि रहेको निर्वाचन आयोगले जानकारी दिएको छ।
त्यस्तै नेपाली कांग्रेस, नेकपा र एमाले ६/६ ठाउँमा अघि छन्। राप्रपा र एक स्वतन्त्र उम्मेदवार अग्रस्थानमा छन्।

