शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

सुधार्दै, थिति बसाल्दै असल शासनको जगमा विकासको रफ्तारलाई अघि बढाउनेछौं- स्वर्णिम वाग्ले

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २२ २०८२
सुधार्दै, थिति बसाल्दै असल शासनको जगमा विकासको रफ्तारलाई अघि बढाउनेछौं- स्वर्णिम वाग्ले

जनताको आशा र भरोसाप्रति आभार व्यक्त गर्दै आगामी दिनका चुनौतीहरू सामना गर्न अभूतपूर्व सद्भाव र सहयात्राका लागि पनि उनले अनुरोध  गरेका छन्।

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले थिति बसाल्दै असल शासनको जगमा विकासको रफ्तार अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। 

प्रतिनिधिसभाको निर्वाचनको सुरुवाती परिणामले राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमततर्फको संकेत गरेपछि उनले सामाजिक सञ्जालमा यो सबैका लागि सहकार्य र साथबाट मात्र सम्भव हुनले उल्लेख गरेका छन्। 

 

‘हाम्रो यात्रा स्पष्ट र सुविचारित छ, आम नेपाली दाजुभाइ दिदीबहिनीको मन जितेर नेपाल राष्ट्रको सर्वांगीण उन्नयनका लागि इमान्दार प्रयास गर्ने। हामी सम्हाल्नेछौं। सुधार्दै, थिति बसाल्दै असल शासनको जगमा विकासको रफ्तारलाई अघि बढाउनेछौँ,’ उनले लेखेका छन्। 

जनताको आशा र भरोसाप्रति आभार व्यक्त गर्दै आगामी दिनका चुनौतीहरू सामना गर्न अभूतपूर्व सद्भाव र सहयात्राका लागि पनि उनले अनुरोध  गरेका छन्। 

वाग्ले आफै तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धामा छन् र सुरुवाती गणनामा उनी दोब्बर मतले अग्रस्थानमा छन्। निर्वाचन आयोगका अनुसार १६५ क्षेत्रमध्ये ६९ क्षैत्रमा मतगणना सुरु भएको छ। यसमध्ये ५२ क्षेत्रमा रास्वपाले अग्रता लिएको छ।

 


प्रकाशित : शुक्रबार, फागुन २२ २०८२१३:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend