बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कांग्रेसको विजय सुरुवात, मुस्ताङमा दोहोरिए योगेश गौचन

शुक्रबार, फागुन २२ २०८२
कांग्रेसको विजय सुरुवात, मुस्ताङमा दोहोरिए योगेश गौचन

योगेश २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।

काठमाडौं- प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले विजयको खाता खोलेको छ। मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीको जित सुनिश्चित भएको छ। 

३ हजार ३ सय ७ मतसहित उनको जित पक्का भएको हो। यसको आधिकारिक घोषणा भने हुन बाँकी छ।

यहाँ नेकपा (एमाले) का उम्मेदवार इन्द्रधारा विष्टले १ हजार ८ सय ६ मत ल्याएका छन्। रास्वपाका उम्मेदवार अधितीय चन्द्र थकालीले ७ सय ५९ मत पाएका छन्।

राप्रपाकी कमला लालचनले १६१ मत ल्याएकी छिन् भने नेकपाका ङुटुक गुरुङले १ सय ५१ मत पाएका छन्। योगेश २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।

११ हजार ३ सय २८ मतदाता रहेको मुस्ताङमा ६ हजार ३ सय ८८ मत खसेको थियो।  १ सय ७ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


प्रकाशित : शुक्रबार, फागुन २२ २०८२१२:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend