काठमाडौं- तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्ले दोब्बर मतसहित अग्रस्थानमा रहेका छन्। जारी मतगणनाको प्रारम्भिक मत परिणामअनुसार वाग्लेले १ हजार ३५२ मत पाएका छन्।
२७६७ मत गणना हुँदा कांग्रेसका गोविन्द भट्टराईले ५९०, एमालेकी भगवती न्यौपानेले ४१६ मत ल्याएका छन्।
यसअघिको उपनिर्वाचनमा वाग्ले त्यही क्षेत्रबाट विजयी भएका थिए।

