काठमाडौं- काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रञ्जु दर्शना विजयी भएकी छिन्। उनले १५ हजार ४ सय ५५ मत पाएकी छिन्।
प्रतिनिधिसभा निर्वाचनमा रञ्जुले पहिलो पटक जित निकालेकी हुन्। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनले काठमाडौं-५ बाट प्रतिस्पर्धा गरेकी थिइन्। तर, जित भने निकाल्न सकिनन्।
काठमाडौं-१ मा नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा ६ हजार ३ सय ६४ मत पाउँदै दोस्रो स्थानमा रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रवीन्द्र मिश्रले लगातार तेस्रो पटक हार बेहोरेका छन्। मिश्रले ३ हजार ९ सय ७२ मत पाएका छन्।

