काठमाडौं- रुपन्देही २ मा रास्वापाका सुलभ खरेलले सुरुवातमै फराकिलो अग्रता लिएका छन्।
२ वटा वडाको मत गणनामै खरेलले एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई ३ हजार मतले पछि पारेका छन्।
निर्वाचन आयोगका अनुसार बुटवल उपमहानगरको १ र तिलोत्तमा नगरको १ वडाको मत गणनामै खरेलले ४०७४ मत पाएका छन् भने एमालेका पौडेलले ८४५ मत पाएका छन्।
त्यस्तै नेपाली कांग्रेसका चुन्नुप्रसाद पौडेल पनि पछाडि नै परेका छन्।।

