काठमाडौं- प्रतिनिधिसभाको निर्वाचनको मतगणना देशभर सुरू भएको छ। सुरुवातमा सहरी क्षेत्रमा गणना सुरू भएर त्यसको मत रुझान देखिन थालेको छ।
प्रारम्भिक मत परिणाम अनुसार काठमाडौंका १० क्षेत्रमा गणना सुरू भएको छ। यी सबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार अगाडि देखिएका छन्।
निर्वाचन आयोगको प्रारम्भिक विवरण अनुसार काठमाडौंमा सबै क्षेत्रमा गणना सुरू भएको छ र त्यसमा रास्वपाका उम्मेद्वारले अग्रता लिएका छन्।
काठमाडौं १ मा रञ्जु दर्शना न्यौपाने, २ मा सुनिल केसी, ३ मा राजु पाण्डे, ४ मा पुकार बम, ५ मा सस्मित पोखरेल, ६ मा शिशिल खनाल, ७ मा गणेश पराजुलीले अग्रता लिएका छन्।
क्षेत्र नम्बर ८ मा बिराजभक्त श्रेष्ठ र १० मा प्रदीप विष्टले फराकिलो अग्रता कायम गरेका छन्। क्षेत्र नम्बर ९ मा रास्वपाका उपसभापति डीपी अर्याल अगाडि छन्।
उपत्यकाका भक्तुपुरका दुबै क्षेत्रमा रास्वपाले अग्रता लिएको छ भने ललितपुरको एउटा क्षेत्रमा कांग्रेसले अग्रता लिएको छ।

