शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन २१ २०८२
काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी

काठमाडौंका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले अपराह्न ५ बजेसम्म सबै केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भइसकेको र करिब ६०-६५ प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिए।

काठमाडौं- प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनमा काठमाडौं जिल्लामा ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ।
 
काठमाडौंका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले अपराह्न ५ बजेसम्म सबै केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भइसकेको र करिब ६०-६५ प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिए। 
 
खसेको मत यकिन हुन केही समय लाग्ने उनको भनाइ छ। मुख्य निर्वाचन अधिकृत खड्काले अबको करिब दुई घण्टामा सबै मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा संकलन गर्ने र त्यसपछि गणना प्रक्रिया प्रारम्भ गरिने जानकारी दिए। रासस

प्रकाशित : बिहीबार , फागुन २१ २०८२१७:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend