शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

प्रतिनिधिसभा सदस्य निर्वाचन : दिउँसो २ बजेसम्म ३३.४१ प्रतिशत मतदान

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन २१ २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचन : दिउँसो २ बजेसम्म ३३.४१ प्रतिशत मतदान

देशभर अहिले पनि उत्साहपूर्ण रूपमा मतदान जारी रहेको आयोगले जनाएको छ।

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान जारी छ। दिउँसो २ बजेसम्म करिब ३३ दशमलव ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।

आज बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभरका सबैजसो मतदान केन्द्रमा जारी छ।

दोलखाको एउटा केन्द्रमा मतदान सुरु हुन नसकेको आयोगले जनाएको छ। अन्य स्थानमा भने सामान्य विवादबीच पनि मतदान जारी रहेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिए। उनका अनुसार दिउँसो २  बजेसम्म देशभर ६३ लाख १६ हजार २१५ मत खसेको जानकारी आयोगको प्रणालीमा प्राप्त भएको छ।

देशभर अहिले पनि उत्साहपूर्ण रूपमा मतदान जारी रहेको आयोगले जनाएको छ। मतदानका लागि मतदाता शान्तिपूर्ण रूपमा लाममा बसेका छन्। रासस


प्रकाशित : बिहीबार , फागुन २१ २०८२१५:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend