शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

ओखलढुंगामा दिउँसो १ बजेसम्म २४.५० प्रतिशत मतदान

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन २१ २०८२
ओखलढुंगामा दिउँसो १ बजेसम्म २४.५० प्रतिशत मतदान

मतदान गरिसकेका मतदातामध्ये महिला १३ हजार ९८३, पुरुष १६ हजार ८३ र अन्य एक जना रहेको निर्वाचन आयोगले जनाएको छ।

काठमाडौं- ओखलढुंगामा दिउँसो १ बजेसम्म ३० हजार ६७ मत अर्थात २४ दशमलव ५० प्रतिशत मतदान भएको छ। मतदान गरिसकेका मतदातामध्ये महिला १३ हजार ९८३, पुरुष १६ हजार ८३ र अन्य एक जना रहेको निर्वाचन आयोगले जनाएको छ।

त्यसैगरी जुम्लामा जम्मा २३ हजार ६२५ अर्थात ३२ दशमवल ९३ प्रतिशत मतदान भएको आयोगले जनाएको छ। त्यसमध्ये महिला मतदाता ११ हजार ७२८ र पुरुष ११ हजार ८९७ रहेको जनाइएको छ।

आयोगका अनुसार तेह्रथुममा २१ हजार ७५० प्रतिशत अर्थात ३० प्रतिशत मत खसेको छ। त्यसमध्ये महिला १० हजार ३३१ र पुरुष ११ हजार ४१९ मतदाता रहेको आयोगले जनाएको छ।

त्यसैगरी पर्वतमा हालसम्म कुल ३७ हजार ७२५ मतदान भएको जनाइएको छ। आयोगका अनुसार करिब ३० प्रतिशत मतदान भएको छ। तनहुँमा ७६ हजार १४१ अर्थात कुल मतको २९ दशमलव ९३ प्रतिशत मत खसेको आयोगले जानकारी दिएको छ। रासस


प्रकाशित : बिहीबार , फागुन २१ २०८२१४:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend