शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३
प्रतिनिधिसभा सदस्य निर्वाचन

राष्ट्रपति र उपराष्ट्रपतिले हालेनन् भोट

बिहीबार , फागुन २१ २०८२
राष्ट्रपति र उपराष्ट्रपतिले हालेनन् भोट

संविधानको संरक्षकका रूपमा तटस्थता कायम गर्दै उनीहरूले मतदान नगरेको बताइएको छ।

काठमाडौं- राष्ट्रपति र उपराष्ट्रपति प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आजको मतदानमा सहभागी भएनन्। संविधानको संरक्षकका रूपमा तटस्थता कायम गर्दै उनीहरूले मतदान नगरेको बताइएको छ।

राष्ट्रपति रामचन्द्र पौडेल संविधानको संरक्षक र राष्ट्रकै अभिभावक भएकाले मतदानमा सहभागी नहुने निर्णय गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।  राष्ट्रपति पौडेलले यसअघिका गृह जिल्ला तनहुँको व्यास नगरपालिकास्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्दै आएका थिए।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले संवैधानिक तटस्थताका कारण मतदान प्रक्रियामा सहभागी नभएको प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिए। उनले यसअघिका निर्वाचनमा बाराको बसबरीयास्थित मतदान केन्द्रबाट मतदान गर्दै आएका थिए। रासस


प्रकाशित : बिहीबार , फागुन २१ २०८२१४:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend