शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

बागलुङको अस्थायी केन्द्रमा मतदान सकियो

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन २१ २०८२
बागलुङको अस्थायी केन्द्रमा मतदान सकियो

जिल्ला कारगारमा कायम रहेका ५५ जना कैदीबन्दीमध्ये ५३ जनाले मतदान गरेका हुन्।

बागलुङ- अस्थायी मतदान केन्द्र बागलुङ कारागारमा ९६.३६ प्रतिशत मत खसेको छ। जिल्ला कारगारमा कायम रहेका ५५ जना कैदीबन्दीमध्ये ५३ जनाले मतदान गरेका हुन्।

कारागार प्रमुख तथा निर्वाचन अधिकारी धिरेन्द्र पन्तका अनुसार दलका प्रतिनिधिसँग छलफलपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका पठाइने छ।

बागलुङमा २३० मतदान केन्द्र र एक लाख ९३ हजार ३८१ जना मतदाता कायम छन्। रासस


प्रकाशित : बिहीबार , फागुन २१ २०८२१३:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend