शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

प्रतिनिधिसभा सदस्य निर्वाचन : मुगुमा दिउँसो १ बजेसम्म ४२.९० प्रतिशत मतदान

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन २१ २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचन : मुगुमा दिउँसो १ बजेसम्म ४२.९० प्रतिशत मतदान

महिला आठ हजार ९७ र पुरुष सात हजार ६०८ गरी कुल १५ हजार ७०५ जनाले मतदान गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

काठमाडौं- प्रतिनिधिसभा सदस्यका लागि आज जारी मतदानमा मुगु जिल्लामा दिउँसो १ बजेसम्म ४२.९० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।

जसमा महिला आठ हजार ९७ र पुरुष सात हजार ६०८ गरी कुल १५ हजार ७०५ जनाले मतदान गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। मुगुमा बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी छ।

मुगुमा कुल ३६ हजार ३१ जना मतदाता छन्। जिल्लामा मतदानस्थल ६७ र मतदान केन्द्र ६९ रहेका छन्। कूल उम्मेदवार सात जना छन्। रासस


प्रकाशित : बिहीबार , फागुन २१ २०८२१३:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend