शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

१२ बजेसम्म मुस्ताङमा खस्यो ४२.८४ प्रतिशत मत

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन २१ २०८२
१२ बजेसम्म मुस्ताङमा खस्यो ४२.८४ प्रतिशत मत

मुस्ताङमा मध्याह्न १२ बजेसम्म चार हजार ८५२ मतदान भइसकेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिए।

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जारी मतदानमा मुस्ताङ जिल्लामा ४२.८४ प्रतिशत मतदान भइसकेको निर्वाचन आयोगले जनाएको छ।

मुस्ताङमा मध्याह्न १२ बजेसम्म चार हजार ८५२ मतदान भइसकेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिए। यसमा पुरुष दुई हजार ४६३ र महिला दुई हजार ३८८ र अन्य एक मत खसेको जानकारी आयोगको प्रणालीमा प्राप्त भएको उनले जानकारी दिए।

जिल्लामा कूल मतदाता ११ हजार ३२८ रहेका छन्। जसमा पुरुष पाँच हजार ५५९, महिला पाँच हजार ७६८ र अन्य एक जना मतदाता रहेको आयोगले जनाएको छ। जिल्लामा अहिले पनि मतदान प्रक्रिया जारी छ। रासस


प्रकाशित : बिहीबार , फागुन २१ २०८२१३:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend