शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

प्रतिनिधिसभा सदस्य निर्वाचन : मध्याह्न १२ बजेसम्म १८ प्रतिशत मत खस्यो

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन २१ २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचन : मध्याह्न १२ बजेसम्म १८ प्रतिशत मत खस्यो

हाल देशभर उत्साहपूर्ण रूपमा मतदान जारी रहेको आयोगले जनाएको छ।

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मध्याह्न १२ बजेसम्म करिब १८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।

आज बिहान ७ बजेदेखि सुरु भएको निर्वाचनमा देशभरका सबैजसो मतदान केन्द्रमा मतदान जारी छ।

मध्याह्न १२ बजेसम्म देशभर ३१ लाख ६३ हजार ७३६ (करिब १८ प्रतिशत) मत खसेको जानकारी आयोगको प्रणालीमा प्राप्त भएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

हाल देशभर उत्साहपूर्ण रूपमा मतदान जारी रहेको आयोगले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , फागुन २१ २०८२१३:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend