तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिका-३ बन्केवा निवासी एक सय सात वर्षीय गणेशबहादुर रावतले आज मतदान गरेका छन्।
तनहुँ क्षेत्र नम्बर २ अन्तर्गत निर्मल आधारभूत प्राथमिक विद्यालयस्थित बन्केवा मतदान केन्द्रबाट रावतले मतदान गरेका हुन्।
मतदानपछि उनले आफ्नो मताधिकार प्रयोग गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए। रासस

