काठमाडौं- काठमाडौंमा मतदान गरेर आफू उम्मेद्वार रहेको झापा जान भन्दै हेलिकप्टरबाट उडेका बालेन अवतरण नगरी फर्किएका छन्। उनी झापाका लागि हेली एभरेष्टको हेलिकप्टरमा गए पनि अतवरण नगरी काठमाडौं फर्किएका हुन्।
झापा-५ मा उनी उम्मेदवार छन्। उम्मेदवार भएको क्षेत्रको अवलोकनका लागि उनी काठमाडौंमा मतदान गर्नेबित्तिकै झापा उडेका थिए। तर त्यहाँ पुग्दा उनका कारण भीडभाड बढ्ने र त्यसले निर्वाचानमै असुरक्षा बढाउने जोखिम देखेपछि उनी फर्किएको बताइएको छ।
हेलिकप्टरमा पाँच जना सवार थिए।
पछिल्लो समयमा बालेन जहाँ पुग्छन् त्यहाँ भीडभाड हुने गरेको छ। त्यस्तो भीड हुँदा असुरक्षाको जोखिम हुन सक्छ।

