शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३
प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

६५ प्रतिशतभन्दा बढी मत खस्ने आयोगको अनुमान

बिहीबार , फागुन २१ २०८२
६५ प्रतिशतभन्दा बढी मत खस्ने आयोगको अनुमान

मतदान गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले ७७ वटै जिल्लामा आममतदाताको उत्साहपूर्वक सहभागितामा मतदान भइरहेको बताए।

काठमाडौं- कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन्।

मतदान गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले ७७ वटै जिल्लामा आममतदाताको उत्साहपूर्वक सहभागितामा मतदान भइरहेको बताए।

'बिहान ७ बजेदेखि नै व्यवस्थित र उत्साहजनक रुपमा मतदान सुरु भएको छ । मततदाताको उपस्थिति र शान्ति सुरक्षा अत्यन्त राम्रो छ,' उनले भने, 'मतपत्र पाएपछि एकदेखि दुई मिनेट भित्र मतदान सकिने छ।'

उनले सबै सरोकारवाला मतदाता, राजनीतिक दल र उम्मेदवारलाई उत्साहजनक र शान्तिपूर्ण मतदानमा सहयोग गर्न आह्वान गरे। मतदान सम्पन्न भएलगतै मतपेटिका संकलनपछि मतगणना गरिने उनले जानकारी दिए।

मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने प्रयास आयोगको रहेको उनले बताए। साथै उनले मतदानमा युवाहरूको उत्साहका आधारमा ६५ प्रतिशतभन्दा बढी मत खस्ने अनुमान गरिएको बताए।


प्रकाशित : बिहीबार , फागुन २१ २०८२१०:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend