शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

देशका अधिकांश भागमा आज मौसम सफा रहने

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन २१ २०८२
देशका अधिकांश भागमा आज मौसम सफा रहने

कोशी प्रदेशका हिमाली, पहाडी र तराई भागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने जनाइएको छ भने मधेश प्रदेशका तराईका केही भागमा मुख्यतया मौसम सफा रहने छ।

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ।

साथै मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी प्रदेशका हिमाली, पहाडी र तराई भागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने जनाइएको छ भने मधेश प्रदेशका तराईका केही भागमा मुख्यतया मौसम सफा रहने छ।

बागमती प्रदेशका हिमाल, पहाड र तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने पूर्वानुमान गरिएको छ। गण्डकी प्रदेशका सबै भू-भागमा आंशिक बदली हुने छ।

लुम्बिनी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मुख्यतया सफा मौसम रहने छ। कर्णाली प्रदेशका हिमाली र पहाडी क्षेत्रमा मुख्यतया मौसम सफा रहने जनाइएको छ।

सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराई भू-भागमा मुख्यतया मौसम सफा रहने महाशाखाले उल्लेख गरेको छ।


प्रकाशित : बिहीबार , फागुन २१ २०८२०६:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend