शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

निर्वाचनलाई लक्ष्य गर्दै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन २० २०८२
निर्वाचनलाई लक्ष्य गर्दै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले निर्वाचनमा सम्भावित घटनाका लागि आवश्यक स्वास्थ्य सेवा समन्वय गर्न संघमा ६ जना र सातवटै प्रदेशमा ७ जना समन्वयकर्ता तोकिएको बताए।

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही फागुन २१ गते हुने निर्वाचनका लागि स्वास्थ्य सेवा समन्वय गर्नका लागि संघ र प्रदेशमा समन्वयकर्ता तोकेको छ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले निर्वाचनमा सम्भावित घटनाका लागि आवश्यक स्वास्थ्य सेवा समन्वय गर्न संघमा ६ जना र सातवटै प्रदेशमा ७ जना समन्वयकर्ता तोकिएको बताए।

उनका अनुसार निर्वाचनमा सम्भावित घटनाका लागि आवश्यक स्वास्थ्य सेवा समन्वय गर्नका लागि स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका ६ जना र प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका ७ जना तोकिएको छ।

संघमा बन्दना भट्ट, डा नवराज जोशी, नरमाया रिजाल, विमला महर्जन, गोपाल पाण्डे र श्रीया सुवेदी छन्। यस्तै कोशी प्रदेशमा डा सभ्यता सुवेदी, मधेसमा फुलेन्द्र यादव, बागमतीमा दिनेश रुपाखेती, गण्डकीमा बुद्धिसागर अधिकारी, लुम्बिनीमा नोधनारायण चौधरी, कर्णालीमा श्यामलाल आचार्य र सुदूरपश्चिम प्रदेशमा हेमराज जोशी छन्।

'समन्वयकर्ताले निर्वाचनको दिन सम्भावित घटनाका घाइतेलाई अस्पतालसम्म पुर्याउने र उपचारसम्मको व्यवस्थाका लागि समन्वय गर्ने छन्,' मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले भने। मन्त्रालयले यसअघि नै सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशनसमेत दिइसकेको छ। रासस


प्रकाशित : बुधबार, फागुन २० २०८२१५:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend