बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सुनको मूल्य प्रतितोला ११ हजार रुपैयाँ र चाँदीको मूल्य २७५ रुपैयाँले घट्यो

बुधबार, फागुन २० २०८२
सुनको मूल्य प्रतितोला ११ हजार रुपैयाँ र चाँदीको मूल्य २७५ रुपैयाँले घट्यो

सुनको मूल्य आज बुधबार  प्रतितोला ११ हजार रुपैयाँले घटेर ३ लाख १७ हजार ६ सय रुपैयाँमा झरेको छ।

काठमाडौं- नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो मंगलबार प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार  प्रतितोला ११ हजार रुपैयाँले घटेर ३ लाख १७ हजार ६ सय रुपैयाँमा झरेको छ।

यसअघि सुनको मूल्य लगातार तीन दिनसम्म बढेको थियो। सुनको मूल्य आइतबार र सोमबार प्रतितोला समान ५ हजार ६ सय रुपैयाँ र मंगलबार २ हजार ५ सय रुपैयाँले बढेको थियो। 

पश्चिम एसियामा उत्पन्न तनावका कारण अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको हो।

सुन गत माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै हिजो मंगलबार प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँमा काराोबार भएको चाँदीको मूल्य आज बुधबार प्रतितोला २ सय ७५ रुपैयाँले घटेर ५ हजार ५ सय ४० रुपैयाँमा झरेको छ।

चाँदी गत माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।

 


प्रकाशित : बुधबार, फागुन २० २०८२१२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend